‘चपली हाइट ३’ को ‘चार आनाको मसला’ सार्वजनिक



चैत २८ बाट प्रदर्शनमा आउने चलचित्र चपली हाइट ३ को पहिलो गित ‘चार आनाको मसला’ सार्वजनिक भएको छ । राज खम्बु र अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा डिपी खनालको शब्द र सुवास भुसालको संगीत रहेको छ ।

प्रदिप लामा र ‘द नेक्स टिम’को कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमले कम्मर मर्काएका छन् । भिडियोमा नायिका द्वय सुपुष्पा र स्वस्तिमालाई निकै बोल्ड अवतारमा देखिएको छ ।

निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal