फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक



फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ। रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलरमा परिवार भित्रको राजनीतिको कथालाई दर्शाउन खोजीएको छ ।
फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रि, वसन्त भट्ट, अलिशा राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो फिल्ममा श्रीमान् श्रीमती फरक पार्टीमा आबद्द हुँदा हुने घर झगडा र समस्यालाई उठान गरेको छ । डिन्डु लामाको लगानीमा बनेको यो फिल्ममा फुर्पा होल्मो सह–निर्माताको रुपमा छन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको समपादन, राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको संगीत छ । यो फिल्म फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।

यो फिल्मबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal