रबी ओडको ‘कुरा एउटै हो’ सार्वजनिक (भिडियो)



नेपाल आइडलको दोस्रो सिजनका बिजेता गायक रबी ओड र गायिका मिना विश्वाकर्माको स्वरमा रहेको ‘कुरा एउटै हो’ गितको भिडियो सार्वजनिक भएको छ। युवा पुस्ताको माया प्रेममा आधारित गीतमा शब्द तथा संगीत भिम बिसीको रहेको छ।

भिडियोको मुख्य भूमिकामा कविता नेपाली,बिजु फर्कि,नबिन राई, सजना केसी, सोम राज तामांगको नित्य रहेको छ ।ज्ञानेन्द्र शर्माद्वारा छायांकन भएको भिडियोलाई उत्तम कुमार कार्कीले सम्पादन गरेका छन् । भिडियोलाई राहुल बराइलीले नै निर्देशन तथा कोरियोग्राफी गरेका छन् । यो म्युजिक भिडियो ओसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal