गायक राजेन्द्र बजगाईं र गायिका टिका प्रसाइको स्वरमा रहेको गीत ‘आँखामा तिमी’सार्वजनिक



चर्चित गायक राजेन्द्र बजगाईं र गायिका टिका प्रसाइको स्वरमा रहेको गीत ‘आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा डी पी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको छ । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र रोहण रत्न बागचन्दको अभिनय रहेको छ।

रक कौशलको छायांकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको सम्पादन रहेको गीतको भिडियो राजेन्द्र बजगाईले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal