‘नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड’मा वेष्ट डेब्यू मोडल बने निराजन



संसार क्रियशनको आयोजनामा नेपाल भाषाको पहिलो म्युजिक अवार्ड ‘नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९’ राजधानीमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अवार्ड समारोहमा नेपाल भाषासँग सम्बन्धित विभिन्न विधाका स्रस्टा तथा कलाकारहरुले अवार्ड चुमे ।

पहिलो म्युजिक अवार्ड ‘नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९’मा वेष्ट डेब्यू मोडल तर्फ अभिनेता मोडल निराजन प्रधान उत्कृष्ट चुनिएका छन् । प्रधानले गीत ‘वा दिल मै वा वा…’ बोलको गीतबाट सर्वोत्कृष्ट नवोदित मोडल पुरुष विधामा अवार्ड जितेका हुन् । मोडल महिलातर्फ करुणा श्रेष्ठले अवार्ड चुमिन् ।

गत जुलाईमा रिलिज भएको उक्त गीतमा निराजन रक्षा श्रेष्ठसँग अभिनयमा थिए । पछिल्लो समयका सर्वाधिक व्यस्त मोडल मध्येका एक प्रधान नेपाली म्युजिक भिडियो दुनियाँमा महंगा मोडल मानिन्छन् । सयौं भिडियोमा मोडलिङ गरिसकेका प्रधानले भिडियोसँगै फिल्ममा समेत अभिनयको अनुभव संगालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal