नेपालमा कोरोना भाइरसको जोखिम , ठूला अस्पताललाई हाई अलर्ट बस्न निर्देशन



नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देशका केन्द्रीय ठूला अस्पतालहरूलाई भाइरसको उपचारको लागि हाई अलर्ट बस्न निर्देशन दिएको छ।

सतर्क अवस्थामा रहनका साथै वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताललाई आइसोलेसन वार्ड बनाएर तीन दिनभित्र योजना पेस गर्न अस्पतालहरूलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषगरी चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र संकास्पद बिरामीलाई विमानस्थलबाटै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ।

यतिखेर चीनमा नयाँ वर्ष तथा वसन्त पर्व परेकाले लमो बिदा हुने र त्यहाँ रहेका नेपाली नगायतका चिनियाँ नागरिकहरू बिदा मनाउन नेपाल आउने समय भएकाले पनि चीनबाट फर्केकाहरूलाई धेरै निगरानीमा राखिने मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै देशकै एकमात्र शुक्रराज तथा सरुवा रोग अस्पतालले कोरोना भाइरसका शंकास्पद संक्रमित तथा शंकास्पद बिरामीको उपचार गर्नका लागि १० वटा आइसुलेसन वडा तयार पारेको छ। हालसम्म कोरोना भाइरस परीक्षणका लागि नेपालमा प्रविधि नभए पनि सरकाले हङकङ पठाउने गरेको थियो।

नयाँ कोरोना भाइरस परीक्षण गर्ने रिएजेन्ट ल्याउए पछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट यसको परीक्षण गर्ने व्यवस्था मिलाउने तयारी सरकारले गरेको छ। मेसिन भए पनि परीक्षण गर्ने केमिकल –रिएजेन्ट नभएकोले टेकुमा अहिलेसम्म नयाँ कोरोना भाइरसको परीक्षण गर्न नसकिएको केही साताअघि चीनमा अध्ययन गरेर फर्केका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरस भएको पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal