‘हेरिटेज अफ फेसन नेपाल २०२०’को अडिसन फेब्रुअरी १ र २ तारिक हुने



असाप इन्टरटेन्मेन्टको आयोजना अष्ट्रेलियामा हेरिटेज अफ फेसन नेपाल २०२० कार्यक्रम आयोजना हुँदैछ । फेब्रुअरी ३१ तारिक सम्पन्न हुने उक्त कार्यक्रमको लागि अडिसन यही आउँदो फेब्रुअरी १ र २ तारिक सिड्नी स्थित यूकेबिए कलेज पारामाटामा हुँदैछ । भीषण आगलागीबाट प्रभावित र पोखरा साराङकोटका क्यान्सर पिडितहरुको सहयोगार्थ कार्यक्रमको आयोजना गर्न लागिएको मुख्य आयोजक असाप इन्टरटेन्मेन्टका निर्देशक सन्तोष अधिकारीले बताए ।

कार्यक्रममा नेपाली कलाकारहरुद्धारा नेपाली पोसाक तथा नेपाली सांस्कृतिक प्रस्तुती रहने जनाइएको छ । कार्यक्रमले नेपाली कला तथा संस्कृतीको संरक्षण तथा प्रर्वद्धनाको उदेश्य राखेको छ ।

कार्यक्रममा फेसन आईकन प्रशान्त ताम्रकार, गायक धिरज राई, गायिका प्राप्ती, ड्रेस डिजाईनर अमितेश कर्ण तथा सुकनिता चौलागाई लगायतहरुको प्रस्तुती रहने छ । कार्यक्रममा गायक धिरज राईको अभियान बुद्ध वाज बर्न ईन नेपालबारे पनि चर्चा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal