पशुपतिनाथ भित्र रहेको बिरूपाक्षको मन्दिर तोडफोड, लगियो सामान(भिडियो)



पशुपतिनाथ मन्दिरको हाता भित्र रहेको बिरूपाक्षको मन्दिर तोडफोड गरेर सामान लगिएको छ । बिहीबार बिहान मन्दिर आएकी एक महिलाले तोडफोड गरी सामान लगेकी हुन् । मन्दिर परिसरमा पशुपति विकास कोष र प्रहरीले सुरक्षा दिइरहेको छ । ती महिलाले मन्दिर तोडफोड गर्दासमेत कसलै उनलाई रोकेका थिएनन् ।

ती महिला को हुन् र किन मन्दिर तोडफोड गरिन भन्ने बारे केही खुलेको छैन । तर, बिहान बिहानै पुरातात्विक मन्दिर तोडफोड गर्ने महिलालाई केही गरिएको छैन । भिडियोमा देखिएअनुसार महिलाले मन्दिर तोडफोड गरी बाहिर आई सामान देखाउदै ‘कसैलाई भन्नु पर्दैन हिड्नुस ‘ भन्दै मन्दिरको ढोका लगाएर सरासर सामान लगेकी छन् ।

भिडियो: भीम उपाध्यायको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal