मिस्टर आर जे को ‘डलर’ मा आश्मा र वर्षा राउत



चर्चित र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वरमा ‘डलर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा नवराज कलौनीको शब्द र राजेन्द्र भट्टको संगीत रहेको छ ।

गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आर्जन पाण्डे र नायिका वर्षा राउतको अभिनय रहेको छ । भिडियोमा सरोजको जोडी आश्मा र आर्जनको जोडी वर्षा बनेर अभिनय गरेका छन् ।यो गीत युट्युबमा सार्वजनिक भए लगत्तै दर्शकले निकै रुचाएका छन् ।गम्भिर विष्ट निर्देशन गरेका भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् । भिडियोमा इन्टेन्स्ड इल्डको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal