‘लभ डायरिज’को ट्रेलर सार्वजनिक



फागुन २ गते रिलिज हुने चलचित्र ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ। सौरभ चौधरी निर्देशित चलचित्रको टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापाको प्रेम, विछोड र भावनालाई देखाइएको छ ।

विनोद सापकोटाले निर्माण गरेको चलचित्रमा सुशील र रुबिनासँगै विश्वजित रिमाल,बिष्णु सापकोटा,बिशाल पहाडी लगाएतको मुख्य भूमिका छ । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान सह-निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । अर्जुन पोखरेलको संगीत,रहेको चलचित्रमा बिक्रम लामा,एन्जिला खत्री र प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal