कथा हाम्रो एउटै ‘जिग्री’ गीत सार्वजनिक

गीतकार शर्मिला थेबे लिम्बु र रचनाकार आद्रश बिस्तको कथा हाम्रो एउटै ‘जिग्री’ गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा बिबेक हाडा, आशिष नकर्मी, रन्जन ठकुरी घोसाल, रोधन श्रेष्ठले स्वर दिएका छन्।
गीतको भिडियोमा साथीभाई धेरै वर्ष पछी भेट भएर गरेको रमाइलो, माया र साचो मित्रताको भावनालाई प्रस्तुत गर्न खोजिएको छ। रुसिल आमत्यको निर्देशन रहेको गीत ओ यस आर डीजिटल युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।

नेपालका पर्यटकीय क्षेत्र जोमसोम, कागबेनी र मुस्तांगमा यो गीतको भिडीयो खिचिएको छ । यस भिडियोले ‘भिजिट नेपाल २०२०’ लाई पनि प्रमोशन गरेको देखिन्छ ।