आस्था राउत प्रकरण बारे बोले गायक प्रमोद



गायिका आस्था राउत प्रकरणले यतीबेला सामाजिक सन्जालका भित्ताहरु रंगिएका छन् । गायिका आस्था राउतको विमानस्थलमा चेकजाँचका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितीको बिषयमा बोल्दै गायक प्रमोद खरेलले गायक गायिकाको बिषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव आफूलाई भएको उल्लेख गरेका छन् ।

सामाजिक संजालमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै उनले लेखेका छन्–‘आस्थालाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । जहाँसम्म लाग्छ, यो निर्णय बाहिरिएको सिसिटिभी फुटेज भन्दा पनि उनले फेसबुक लाइभमा दिएको अभिव्यक्ती र त्यसमा प्रयोग भएका शब्दहरु नै हुन् । जुन आफैमा केही अस्वभाविक र कलाकारलाई सुहाउँदो छैन ।’

प्रमोदले सिसिटिभी फुटेजमा दुबैको अडियो नभएकाले पनि कसले के बोले थाहा नभएको उल्लेख गरेका छन् । उनले आस्था विनाकारण नै रिसाइन् होला त भनेर प्रश्न पनि गरेका छन् ।

यो प्रकरणमा छानविन दुइपक्षिय नै हुनुपर्ने पनि प्रमोदले उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘दिनभर डुयटि ले थकान भएर प्रहरी ले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्ति को प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।’

प्रमोदले विगतदेखि नै प्रहरीले कलाकार र कलाकारले प्रहरीलाई गर्ने व्यवहार पवित्र भएको भन्दै एकाधन व्यक्तिगत घटनालाई समग्र प्रहरी क्षेत्रीसँग जोड्नु जोडाउनु दुर्भाग्य हुने पनि उल्लेख गरेका छन् । उनले आस्थालाई थप मानसिक कमजोर बनाउनुको सट्टा सचेत र परिपक्क भूमिका खेल्न प्रहरीसँग आग्रह पनि गरेका छन् । उनले आस्था र प्रहरी जवान रमिताको हात मिलाउँदै गरेको हँसिलो तस्वीर सामाजिक संजालमा हेर्न पाइयोस् भनेर पनि कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal