निशान भट्टराईको ‘लाहुर जाने रेल’ सार्वजनिक (भिडियो)



नेपाल आइडलको पहिलो सिजनबाट चर्चित बनेका गायक निशान भट्टराईको नयाँ गीत ‘लाहुर जाने रेल’ सार्वजनिक भएको छ। गीतको भिडियो उनको आफै औपचारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। निकै नै मर्मस्पर्षी गीतको भिडियोमा प्रेम वियोगलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।

गीतमा शब्द तथा संगीत प्रशान्त पौडेलको रहेको छ। निशानको आवाज रहेको गीतको भिडियोमा अभिनय गायक निशान स्वयंमले गरेका छन्। भिडियोमा निशानको साथमा ऋचा न्यौपानेले साथ दिएकी छिन्।गायक निशानको आवाज संगै अभिनय कलालाई पनि दर्शकले रुचाएका छन्। गीतको भिडियो हेरेर धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

यसअघि सार्वजनिक भएका निशान भट्टराईका ‘भुन्टी’ र ‘बरिलै’ पनि दर्शकले सर्वाधिक रुचाएका थिए । प्रविन भट्टले निर्देशन गरेको यस गीतको भिडियोलाईअनिल के मानन्धरले खिचेका हुन् । गीतमा भारतीय सेनामा संघर्षरत नेपाली युवाहरुको जल्दोबल्दो अवस्थालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई प्रविन भट्टले नै सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal