किन छाडे भुषण दाहालले कान्तिपुर टेलिभिजन



कान्तिपुर टेलिभिजनका एजीएम भूषण दाहालले अन्ततः राजीनामा दिएका छन् । एकाएक उनको राजीनामाले कान्तिपुर टेलिभिजनमा सन्नटा छाएको छ ।

करिब डेढ दशक भन्दा बढी लामो समयसम्म कान्तिपुरमा योगदान गरेका दाहाल गत सोमबार उक्त टेलिभिजनबाट विदा भएका हुन् ।

कान्तिपुर टेलिभिजनमा ‘फायर साइड’ टक शो सञ्चालन गर्दै आएका दाहाल भिडियोमा अभिनय गर्छन्। दाहालले ट्वीट गर्दै कान्तिपुर टेलिभिजनबाट विदा भएको जनाएका छन्।

‘१८ वर्षको अनवरत साथ, स्नेह र मार्गनिर्देशका लागि कान्तिपुर टेलिभिजनका दर्शक, सहकर्मी, अध्यक्ष र बोर्डलाई हार्दिक धन्यवाद’ दाहालले लेखेका छन्, ‘विवेकले अब के गर्ने त्यता डोर्याउँछ, शीपले कसरी गर्ने सुझाउँछ, सत्कर्मले त्यो फत्ते गराउँछ। अब उपरान्त यो मार्गचित्र अझ कुशलताका साथ जीवनमा उतार्न पाउँ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal