गायक सगुन तामाङ्ग र निरोज लामाको “बुद्धभूमि ” सार्वजनिक



गायक सगुन तामाङ्ग र निरोज लामाको “बुद्धभूमि ”गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा सगुन तामाङ्गको शब्द र निरोज लामाको संगीत रहेको छ।

गीतमा देशभक्ति भावना र देशमा भएको नराम्रो घटनालाई व्यंग्य गरिएको छ। बुद्धको शान्ति संदेशलाई गीतमा राम्रो तरिकाले प्रस्तुत गरिएको छ। बौद्ध र स्वयम्भु को रमणीय दृश्यहरुलाई समेटिएको छ। यो गीतको भिडियोलाई हाईलाईट नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal