रहेनन् गायक निशान भट्टराई



गायक निशान भट्टराईको सोमबार राति सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बान थाई रेस्टुरेन्टबाट सोमबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएपनी त्यही उनको निधन भएको हो ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal