रियालिटी शो नेपाल स्टारको अडिशन बुटवलबाट सुरू



गायन प्रतियोगिता ‘नेपाल स्टार’ को चौथो अडिशन भोली नेपालको सुन्दर शहर पोखरामा हुँदैछ । बुटवल,धनगढी र सुर्खेतको उत्साहपुर्ण अडिसन सकेर नेपाल स्टारको टिम स्वर खोज्दै पोखरा आइपुगेको हो ।

पोखराको मालेपाटनस्थित बाराही उच्च माध्यमिक विद्यालयमा भोली (मंगलबार) बिहान ९ बजेदेखि अडिसन सुरु हुने आयोजकले जनाएका छन् ।प्रतियोगितामा रामकृष्ण ढकाल, आलोकश्री तथा अञ्जु पन्त निर्णायकको भूमिकामा रहेका छन् ।

नगद ५० लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३५ लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ५–५ लाख प्राप्त गर्नेछन् ।

१६ देखि ४५ वर्ष उमेर समूहका जो कोहीले सहभागिता जनाउन पाउने यस प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुल्ने परिचयपत्र सहित दुई ओटा फोटो आवश्यक पर्नेछ ।

फारम अनलाइनमार्फतडाउनलोड गरेर पनि भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापकका साथै कि एडभरटाइजिङका बजार ब्यवस्थापक दिनेश पोखरेलले जानकारी गराए ।

नेपाल स्टारको अडिसन फर्म यहाँबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ : http://bit.ly/2QxWQ74।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal