काठमाडौंमा पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती यसरी मनाइयो



नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको सम्झनामा आइतबार २९८ औं पृथ्वी जयन्ती मनाइएको छ । आइतबार सिंहदरबार पश्चिम गेट अगाडिको उनको शालिकमा माल्यार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट रथयात्रासहित सुरु भएको र्‍याली नाचगानसहित पृथ्वी शालिकसम्म आइपुगेको थियो।

पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले सार्वजनिक बिदा दिने गरे पनि २०६२÷६३ को जनआन्दोलनपछि विदा कटौती गरेको छ । तर गोरखाका ४ सहित देशका केही स्थानीय तहले आइतबार विदा दिएका छन् ।

नेपाली सेनाले पृथ्वीनरायण शाहको सम्झनामा गोरखाबाट सुरु गरेको पदयात्रा आइतबार सिंहदरबार अगाडि आएर समापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal