सलमानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’को घोषणा



बलिउडमा इद भन्ने वित्तिकै सलमानको हो भन्ने समेत भइसकेको छ । यो बर्ष पनि सलमानको नयाँ फिल्म ‘राधे’ इदको अवसर पारेर रिलिज हुँदैछ । यो फिल्ममा सलमान एक्सन अवतारमा देखिदैछन्। सन् २०१३ को इदमा मात्र सलमानको फिल्म रिलिज भएको थिएन। यो बाहेक उनी, हरेक बर्षको इदमा फिल्म रिलिज गर्छन् । तर, विगत केही बर्षदेखि उनी अभिनित फिल्मले इदमा राम्रो व्यापार गर्न सकिरहेका छैनन् ।

सलमानको अब आउने साल सन् २०२१ को इदमा रिलिज हुनेगरि नयाँ फिल्म घोषणा गरिएको छ। उनको नयाँ फिल्मको नाम ‘कभी ईद कभी दिवाली’ राखिएको छ । सलमान खान र निर्माता साजिद नाडियाडवाले यो फिल्ममा सहकार्य गर्न लागेका हुन् । यो फिल्मलाई फरहदा साम्जीले निर्देशन गर्ने भएका छन् । फिल्मको बिषयमा अरु केही पनि खुलाइएको छैन । साजिद र सलमानले मिलेर काम गरेको फिल्म ‘किक’ले बक्स अफिसमा सुखद कमाई गरेको थियो । साजिद र सलमान नयाँ फिल्म ‘किक २’को तयारीमा लागेको भन्ने समाचार सार्वजनिक भैरहेको समयमा ‘कभी ईद कभी दिवाली’को घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal