टंक बुढाथोकीको ‘रातो गुलाब’ रिलिज



टंक बुढाथोकीको शब्द, संगीत तथा स्वरमा ‘रातो गुलाब’ बोलको गीत तयार भएको छ । शुक्रबार सार्वजनिक गीतमा भिडियोमा टंक सहित नायक तथा मोडल पल शाह र अन्य एक दर्जन कलाकारहरुले मोडलिङ गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा टंकलाई कविता सिवाकोटीले स्वरमा साथ दिएकी छिन् ।

भिडियोमा टंक र पलसँगै बिना राउत, कविता स्वंयम, शोभित बस्नेत, अस्मिता सुन्दर जुरेली, रञ्जन अर्याल, अशोक दर्जी, एआर बुढाथोकी, आयुष गुरागाईं, अँशु गुरागाईं, सालिजा ओली र सेली ओली छन् । छोरा एआर बुढाथोकीको जन्मदिनको अवसर पारेर टंकले ‘रातो गुलाब’ शुक्रबार सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal