सनिश श्रेष्ठको स्वरमा ‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ रिलिज



फिल्म ‘म यस्तो गीत गाउँछु २’को दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक भएको छ। अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन् । यो फिल्मको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’को सफलतापछि दोस्रो गीत सार्वजनिक गरिएको हो । मार्मिक गीतमा नायक पल शाह र पुजा शर्मा फिर्चड छन् ।

यो गीतको अडियो पावरफूल छ । यस्तै, गीत अनुसार भिडियोलाई पनि बलियो बनाइएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । लभ स्टोरी फिल्ममा पल र पुजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकया लगायत कलाकारको अभिनय रहेको छ । सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा निर्देशक थापा र नायिका पुजाको लगानी रहेको छ । सौरभ लामाले खिचेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । यो फिल्म फागुन २३ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal