बिपीन कार्कीको ‘सेल्फी किङ्ग’को ट्रेलर रिलीज

अभिनेता बिपिन कार्कीको फरक भूमीका रहेको फिल्म ‘सेल्फी किङ्ग’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ। काठमाण्डौदेखि सोलुखुम्बुसम्म उनले गरेको यात्रा र त्यसको दौरान आउने विभिन्न खालका आरोह–अवरोहको कथामा फिल्म बनेको छ ।
विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा दिनेश राउत र सुभाष थापाको लगानी छ। प्रबल कोइराला र राजेश विसुराल यो फिल्मका सह–निर्माता हुन् ।फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी, जीवन थापाको सम्पादन छ । फिल्मले एउटा सफल कलाकारले आफूलाई के सोच्छ र उसको सफलता कहिलेसम्म रहन्छ भन्ने देखाउन खोजेको छ। माघको २४ गतेबाट यो चलचित्र रिलिज हुदैछ ।