अन्जु र नरेशको स्वरमा इन्द्र आरपीको “कान्छी”



नेपाली सांगीतिक क्षेत्रको जगतमा जाज्वल्यमान ताराको रुपमा चम्किरहनुभएकी सबै दर्शक तथा श्रोताको मनमुटुमा बस्न सफल सुमधुर आवाजकी धनी लोकप्रिय गायिका अञ्जु पन्त र गायक नरेश बुढाथोकीको स्वरमा कान्छी बोलको गीत सार्वजनिक भएको छ ।

priyanka, aayushman

गायक तथा संगितकार इन्द्र आर पी को शब्द तथा संगितमा रहेको कान्छीको एरेन्ज सञ्जिव बराइलीले गरेका छन् भने एकोस्टिक स्टुडियो मार्फत रेकर्ड भएको डान्सिंग गीत कान्छिलाई प्रकाश मिश्राले मिक्सड गरेका छन् ।गीत संगित सँगसँगै अञ्जु पन्त फाउण्डेशन मार्फत समाजसेवामा पनि उत्तिकै अग्रसर रहेकी अञ्जु पन्तले पनि इन्द्र आरपी को शब्द तथा संगितमा रहेको गीतमा आवाज दिन पाउँदा खुशि व्यक्त गरेकी छिन्।

कान्छि मा अत्यन्तै चर्चित तथा सबैले रुचाएको जोडी आयुष्मान देशराज श्रेष्ठ र नायिका प्रियंका कार्कीले अभिनय गरेका छन् । शिवराम श्रेष्ठले छायांकन गरेको कान्छीको भिडियोको कोरियोग्राफर राजिव समरले गरेको गीतका सर्जक इन्द्र आरपीले जानकारी दिएका छन्। गीतको भिडियोमा नेहा बुढाथोकीले बाल कलाकारको भुमिका निर्वाह गरेकी छिन् । ओ एस आर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले सबैको मन मुटु जित्न सफल हुने र सबै दर्शक श्रोताले रुचाउनेमा बिश्वस्त भएको सर्जक आर पि लेबताएका छन्।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal