अष्ट्रेलियामा ४ दिन सम्म पनि आगो नियन्त्रण गर्न कठीन



अष्ट्रेलियामा कसैले पनी आगो लगाएको नभई जमिन नै धेरै तातो भएर आगो सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रेकर्ड तोड्ने तापमान, विस्तारित खडेरी र कडा बतासका कारण आगलागी भएको बताइएको छ । डिसेम्बरको मध्यदेखि नै अष्ट्रेलियामा उष्णता बढ्दै गएको थियो ।अष्ट्रेलियाको तापक्रम ४९ डिग्री सेल्सियससम्म पुगेको छ जुन इतिहासमै पहिलो पटक हो । त्यहाँ तापक्रम ४० डिग्री भन्दा माथि पुगेपछि सरकारले समस्याग्रस्त घोषणा गरेर बिदा दिएको थियो । दक्षिण अष्ट्रेलियामा यो हप्ताभरि नै उष्णता जारी छ ।

४ दिनदेखि निरन्तर बढिरहेको आगलागी सम्पूर्ण राज्यशक्ति लाग्दा पनि नियन्त्रण हुन सकेको छैन । अहिले अष्ट्रेलिया सरकारले सर्वसाधारणलाई समुद्री किनारमा गएर बस्न आग्रह गरेको छ । केहीदिनदेखि दक्षिणपूर्वी अष्ट्रेलियाका मात्रै हजारौं बासिन्दा समुद्री किनारमा सरेका छन् । मानव बस्ती र खेतीयोग्य जमिनलाई चारैतिरबाट आगोले घेरेको छ । युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टका अनुसार आगलागीबाट अहिलेसम्म ५० करोड जनावर जलेका छन् भने अहिलेसम्म आगलागीबाट २५ जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । १५ सयभन्दा धेरै घर जलेका छन् भने करोडौं एकड जमिन आगोले ध्वस्त भएको सीएननले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal