नवलपरासीको कावासोतीमा एक गैंडा मृत फेला

पूर्वीनवलपरासीको कावासोतीमा एक गैंडा मृत फेला परेको छ ।
कावासोती–१०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा आइतबार बिहान अन्दाजी ६/७ वर्षको गैंडा मृत भेटिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिए ।
गैंडा मृत्युको कारण पत्ता लाग्न बाँकी रहेको छ । घटनास्थल पुगेको प्रहरीले अहिले मृत गैंडालाई घेरा हालेर राखेको छ ।