‘मलंग’ को नयाँ पोस्टर सार्वजनिक,आदित्यलाई दिशाले चुम्बन गरेपछि..

फिल्म ‘मलंग’ को नयाँ पोस्ट सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री दिशा पाटनी आदित्य राय कपुरको काँधमा बसेर चुम्बन गर्दै गरेको देखिन्छ ।
यसअघि फिल्मको पूरै स्टारकास्टको फस्र्ट लुक जारी गरिएको थियो। जसमा दिशाको लुक निकै ग्ल्यामरस थियो।
फिल्ममा अनिल कपुर, कुणाल खेमू पनि देखिने छन्। फिल्म ‘मलंग’ लाई भुषण कुमार, कृष्ण कुमार, लव कुमार रंजन, अंकुर गर्ग र जय शेवक्रमणीले फिल्म निर्माण गरेका हुन् । मोहित सुरीले यो फिल्मको निर्देशन गरेका छन् ।