नायिका ऋचालाई मातृशोक



नेपाली सिने जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका ऋचा शर्माको आमाको निधन भएको छ । ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।

रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै भएको बताइन्छ ।रिनादेवीलाई फिल्मी जगतका विभिन्न हस्तीले सोसल मिडियामार्फत् श्रद्धाञ्जली दिएका छन् ।

नायिका ऋचाले केहि समय अगाडी प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् । उनको विवाहको समयमा पनि उनकी आमा बिरामी थिइन् । उनले आफ्नो रिसेप्सन पार्टीमा विवाहको बेलामा पनि अस्पताल धाईरहनु परेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal