विराजको ‘साङ्लो’को ट्रेलर रिलिज



नायक विराज भट्टको अभिनय तथा निर्देशन रहेको फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विराज भट्ट, निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको मुख्य अभिनय रहेको फिल्म माघ २४ गते देखि प्रदर्शनमा आउँदै छ । लभ स्टोरी र एक्सन मिसिएको सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् ।

मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीतरहेको फिल्म शिवम् अधिकारीले लेखेका हुन् ।चलचित्रको ट्रेलरमा नायक विराज भट्टको एक्सन अवतार देख्न सकिन्छ । विराजको एक्सनले विशेषगरि, उनका फ्यानहरुलाई खुशी बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal