युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘कैले भेट्ने खै २’



अल्मोडाराना उप्रेतीको शब्द, संगीत र स्वर रहेको गीत ‘कैले भेट्ने खै २’ ले युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ।यो गीतको भिडियोमा नाजिर हुसेन, शिल्पा मास्के र विकास लामिछानेको अभिनय छ।

यो गीत यसअघि अल्मोडाले नै गाएको चर्चित गीत ‘कैले भेट्ने खै’को सिक्वल हो। ‘कैले भेट्ने खै’का थुप्रै कभर भिडियोहरु बनेका थिए। अघिल्लो गीतजस्तै सिक्वललाई पनि छोटो समयमै स्रोताहरुले मन पराएका छन्। वर्ष २०१९ को डिसेम्बर २९ मा अपलोड गरिएको भिडियोलाई राम कुमार केसीले खिचेका छन् भने मनोज बस्नेतले निर्देशन गरेका हुन्।

युवा पुस्ताले मन पर्ने शैलीको एरेन्जमेन्ट गर्दै आएका अल्मोडाले गितार र सारंगीको संयोजन गरेर संगीतमा मिठास थपेका छन्। यो समाचार तयार पर्दा सम्म भिडियोले ३० लाख भन्दा बढी भ्युज पाइसकेको छ। १ लाख २६ हजारभन्दा बढीले लाइक गरेको भिडियोमा चार हजार बढीले प्रतिक्रिया दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal