अष्ट्रेलियामा ‘हेरिटेज अफ फेसन नेपाल २०२०’ आयोजना हुने



असाप इन्टरटेन्मेन्टको आयोजना अष्ट्रेलियामा हेरिटेज अफ फेसन नेपाल २०२० कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा नेपाली कलाकारहरुद्धारा नेपाली पोसाक तथा नेपाली सांस्कृतिक प्रस्तुती रहने जनाइएको छ । नेपाली कला तथा संस्कृतीको संरक्षण तथा प्रर्वद्धनाको उदेश्यका साथ कार्यक्रमको आयोजना हुन लागेको आयोजक संस्था असाप इन्टरटेन्मेन्टका अध्यक्ष सन्तोष अधिकारीले बताए ।

कार्यक्रममा फेसन आईकन प्रशान्त ताम्रकार, गायक धिरज राई, गायिका प्राप्ती, ड्रेस डिजाईनर अमितेश कर्ण तथा सुकनिता चौलागाई लगायतहरुको प्रस्तुती रहने छ । कार्यक्रमको सहजीकरण गर्नका लागि सञ्चारकर्मी विवेक खतिवडा अष्ट्रेलिया जाँदै छन् । विगत लामो समयदेखि नेपाली सञ्चार क्षेत्रमा आबद्ध खतिवडाको कार्यक्रम सहजीकरणको अन्दाज पछिल्लो समय निकै लोकिप्रय बन्दै गएको छ ।

कार्यक्रममा गायक धिरज राईको अभियान बुद्ध वाज बर्न ईन नेपालबारे पनि चर्चा गरिने छ । कार्यक्रम फेब्रुअरी १५ तारिखका दिन आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal