रमेश बाहुन समूहका एक सुटर पक्राउ



गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई प्रहरीले पक्राउ गरेको छ । ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई प्रहरीको पक्राउमा परेका छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको पुष्टी भएको छ। व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् । काभ्रेका धिताल यसअघि गुण्डा नाइके गणेश लामाको समूहमा थिए ।

बाहुन अहिले केन्द्रीय कारागारमा छन् भने लामा सिक्किमतिर लुकेर बसेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal