‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत सार्वजनिक



चलचित्र ‘सेन्टी भाइरस’को पहिलो ‘फनफनी’ गीत सार्वजनिक गरिएको छ। डीपी खनालको शब्द र शंखर थापाको संगीत रहेको सार्वजनिक गीतमा मेलिना राई र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको छ । लोक लयमा रहेको चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राइलाई देख्न सकिन्छ । यस्तै, चलचित्रको यो गीतमा मोडल अन्जली अधिकारीले पनि नृत्य गरेकी छिन् ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दिन्डु लामाको लगानी छ । चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको कथा, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र कुमार महर्जनको एक्सन रहेको छ । चलचित्रका सह–निर्माता फुर्वा हेल्मो हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal