“द विन्टर फेस्ट” २०१९ को तयारी तिब्र



युवा युवतिहरु मा लुकेर रहेको प्रतिभाहरु लाइ बिगत लामो समय देखि फेसन शो मार्फत उजागर गर्दै आइरहेको एस एल एंड एन मोडेल अजेनसी ले यहि आउदो पुस १२गते सनिबार क़ा दिन स्व -देश मै बनेका चिसो याम मा लगाउने पहिरन हरु को प्रबर्धन र बिकाश का साथै अंग्रेजी नया वर्षा २०२० को स्वागत गर्दै गर्न लागेको “द विन्टर फेस्ट” २०१९ को आफ्नो दोस्रो संस्करण कार्यक्रम को तयारी तिब्र गति मा भैरहेको छ ।

पछिल्लो समय फेसन शो गर्नेहरुको होडबाजी चलिरहेको छ । ईभेन्ट कम्पनी खडा गरेर विभिन्न कन्सेप्टमा नया प्रतिभाहरुलाई स्थान दिने मुल उद्देश्य सहित गरिने यस्ता केहि शोहरु बिवादमा आउने गर्दछन । तर, राम्रो उद्देश्य बोकेर ईभेन्ट गर्नेहरुले वाहवाही पाईरहेको उदाहरण पनि एस एल एंड एन मोडेल अजेनसी ले (जनकपुर , बर्दिबास ,मिर्चैया ,लहान ,बनेपा र काठमाडौँ मा दिसकेका छन् ।

डिसेम्बर २८ मा काठमाडौँ को कमलादी स्थित काठमाडौँ प्लाजा ५चौ तल्ल को राज घराना मा गर्ने भनि जानकारी दिदै आउदो १० जनवरी २०२० मा भैरहवा र १४ फेर्बरी २०२० मा जनकपुर मा आफ्नो तेस्रो शंस्करण गर्ने भनि जनाकारी दिनु भयो । यस कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री तेसैगरि नेपाल आइडल बाट खायती प्राप्त अमित बराल र भोइस अफ नेपाल बाट खायती प्राप्त रीत राना मगर को बेजोड प्रस्तुति रहने , तेञ्जिङ्ग लामा र मोडेल रशु हमाल को नृत्य प्रतुती का साथै नायक यश राज को प्रस्तुति रहने भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal