बोर्ड अध्यक्ष भट्टराईको निधन



चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । हिजो (आइतबार) राती करिब १०ः३० बजे अचानक स्वास्थ्यमा समस्या देखिए पछि भट्टराईलाई चावहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल श्रोतले जनाएको छ ।

उनी गत चैत ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । निर्देशक तुलसी घिमिरेको सहायकका रुपमा फिल्म निर्माण क्षेत्रमा जुटेका भट्टराईले दर्जनौं फिल्ममा अभिनय पनि गरेका छन् । २०२५ साल मङ्गसिर ४ गतेका दिन ओखलढुङ्गामा मेघराज भट्टराई र नन्द कुमारी भट्टराईका सुपुत्रका रुपमा जन्मिएका भट्टराई २०४४ सालबाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । ग्रामिण मध्यम वर्गीय परिवारमा जन्मिएका उनका बाबु कृषि पेशामा आबद्ध थिए भने आमा गृहिणी ।

हाल उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलीका लागि चलचित्र बिकास बोर्डको प्राङणमा राखिएको छ । उनको सोमबार अपरान्ह ४ बजे पशुपती आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यस्टी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal