मेलिना राई र लक्ष्मी निर्मल कोइरालाको ‘भमराले फूललाई’ (भिडियो)



मेलिना राई र लक्ष्मी निर्मल कोइरालाको स्वर रहेको गीत ‘भमराले फूललाई’को भिडियो सार्वजनिक भएको छ । सुशील पुन विरहीको शब्दमा महेश खड्काको संगीत रहेको सार्वजनिक गीतमा एरेन्ज महाराज थापाको रहेको छ ।

सार्वजनिक भिडियोमा नायिका नीता ढुंगानाको साथमा बेबो आचार्य र रंजित पौडेलको अभिनय रहेको छ । रुपेश श्रेष्ठको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन, माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal