फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ सार्वजनिक



फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा सोनाम तोप्देन र अश्मिता अधिकारीको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

सुदर्शन थापाको निर्देशनमा सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘म यस्तो गीत गाउँछु २’मा पल र पुजा संगै हरिहर शर्मा, दिनेश डि.सी., राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकाय लगायतको अभिनय रहेको छ । फिल्ममा सौरव लामाको छायांकन, बनिस शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

निर्देशक थापाकै कथा रहेको फिल्ममा पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेको रहेको छ । जन्मजय सम्पाङ राई सह-निर्माता रहेको फिल्म नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म फागुन २३ गते देखि प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal