भारतसँग हारेसँगै प्रशिक्षक खड्काको राजीनामा



साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै खड्काले पदबाट राजीनामा दिएका छन ।

हारलगत्तै प्रशिक्षक खड्काले राजीनामा घोषणा गर्दै भने, ‘हारको सम्पूर्ण जिम्मेवारी लिदैँ आजैका मितिबाट महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु। प्रशिक्षकबाट राजीनामा दिएपनि फुटबलमा भने कुनै न कुनै भुमिकामा रहनेछु।’

खड्काको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँगै हारेको थियो । फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको तर भारतले पाएको दुबै अवसरमा गोल गरेको उनले सुनाएन । ‘डिफेन्स र गोलकिपरबीच कम्युनिकेशन ग्याप भएका कारण गोल हुनपुग्यो । अर्को गोल पनि हाम्रै कमजोरीमा भयो’ उनले भने ।

यस्तै यसैवर्ष नेपाली महिला टोलीलाई पहिलो पटक ओलम्पिक छनौटको दोस्रो चरणमा पुर्‍याएका खड्काले जारी सागमा भारतसँग पुन: पराजित भएसँगै राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal