फिल्म ‘पर्खि बसे फर्की आउँछु’ बाट प्रेम र समिक्षाको डेब्यु



फिल्म ‘पर्खि बसे फर्की आउँछु’को शुभ मुहर्त सम्पन्न भएको छ । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्मको दाङ तुलसीपुरमा एक समारोहका बीच शुभ मुहर्त गरिएको हो । शुभ मुहर्त संगै फिल्मको छायांकन सुरु भएको छ । पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रि दिपक गिरिको प्रमुख आतिथ्यतामा फिल्मको मुहर्त सम्पन्न गरिएको हो । फिल्मका मुख्य कलाकार प्रेम परियार, समिक्षा बस्नेत र देव सागर रहेका छन् ।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यमकान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको फिल्म लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम परियार, समिक्षा बस्नेत र देव सागरको साथमा पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज बिसी लगाएतका कलाकारको अभिनय रहनेछ ।

एउटी अपांग केटिको टिन एजमा हुने रहर र जीवन संघर्षको कथा फिल्मले बोल्ने लेखक तथा निर्देशक राज बहादुर सानेले बताए । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । फिल्ममा बसन्त सापकोटा, एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत रहनेछ । फिल्मलाई अरुण सुनारले छायांकन र सानु कुमार महर्जनको द्वन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal