‘सरौतो’लाई सकारात्मक प्रतिकृया



शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘सरौतो’लाई सकारात्मक प्रतिकृया मिलेको छ । छायाँकार हरी हुमागाईको डेब्यु निर्देशन रहेको फिल्ममा नायिका सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, लियो ट्यांक, विजय लामा, युवराज लामा, अरुणा कार्की, धिरेन शाक्य, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।

शुक्रवार साँझ फिल्म निर्माण यूनिटले विशेष शोको आयोजाना समेत गरेको थियो । विशेष शो हेरेका अधिकांशले फिल्मको प्राविधिक पाटो र नायिका सुमी मोक्तानको एक्सनको तारिफ गरेका थिए ।

विशेष शो हेरेका कलाकारहरुले डेब्यु निर्देशन मै फरक शैलीको फिल्म निर्देशन गर्ने जोखिम मोलेकोमा निर्देशक हुमागाईको तारिफ गरेका थिए । छायांकनमा अब्बल हुमागाईको निर्देशकिय पाटो समेत उत्कृष्ट रहेको उनीहरुको प्रतिकृया रहेको थियो ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको सरौतोमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहेको छ ।

फिल्ममा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन नेवार र श्रेया सोताङको स्वर सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal