भोटेकोशीमा ‘हिमालयन ह्वाइट वाटर च्यालेन्जसिप २०१९’



१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९ प्रतियोगितामा होन्जा हावेल्का (चेक रिपब्लिक) बिजयी भएका छन् । मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा) ले आयोजना गरेको प्रतियोगितामा १२ देशका ६६ खेलाडी प्रतियोगितामा सहभागी थिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन तथा नेपालका नदीहरुको प्रचारका लागि भन्दै नाराले र्‍याफ्टिङ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा प्रथम हुने होन्जा(चेक रिपब्लिक)ले ५० हजार, द्वितीय सुरज गुरुङ(नेपाल)ले ३० हजार र तृतीय हुने रेमोण्ड चिण्डिनी टिटोभान (फ्रान्स)ले २० हजार रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुषतर्फ प्रथम भएका चेक रिपब्लिकका होन्जा हावेल्का ।
यस्तै महिलातर्फ प्रथम लिजा हेथ (अष्ट्रेलिया), द्धितीय माओडे लमव्यू (क्यनाडा) र तृतीय शुधा राई (नेपाल) भएका छन् । महिला प्रतियोगीहरुको पनि पुरस्कार राशी बराबर रहेको थियो । महिलातृफ पनि १२ देशका ६६ जना महिला प्रतियोगीले प्रतिस्पर्ध गरेका थिए । साथै कोर्पोरेट र्‍याफ्टिङमा १६ टीम सहभागी थिए ।

‘विश्वमै उत्कृष्ट नदीहरु मध्ये नेपालका पनि पर्छन् । ति नदीहरुलाई चिनाउनका लागि हामीले यस पटक भोटेकोशीमा यो प्रतियोगिता आयोजना गरेका हौं’ नाराका सचिव इन्द्र राईले भने ।
प्रतियोगिताका विजेताहरुलाई पूर्व मन्त्री तथा सांसद अग्नी सापकोटा र अन्य जनप्रतिनिधिहरुले पुरस्कार, मेडल र सम्मानपत्र प्रदान गरेका थिए ।

पुरुष र महिला तर्फका विजेताहरु ।
विश्वमा साना ठूला गरी ६ हजार नदीनालामा एड्भेञ्चर खेल हुने गरेको छ । नाराका अध्यक्ष गंगाप्रसाद नेपालका अनुसार दश एडभेन्चर खेलका लागि विश्वमा उत्कृष्ट दश नदी मध्ये भोटेकोसी र सुनकोसी सातौं उत्कृष्टमा परेको छ ।

प्याराग्लाइडिङ, क्यानोनिङ, र्‍याफ्टिङ, माउन्टेन बाइक राइडिङ, ट्रेकिङ, सफारी, टुरदेखि बन्जीजम्पका लागि लाखौ पर्यटक नेपाल आउने गरेका छन् । नाराले गत वर्ष लमजुङको मस्याङ्दी नदीमा कायक तथा र्‍याफ्टिङ रेसको प्रतियोगिता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal