फिल्म ‘साङ्लो’को पहिलो गीत ‘चरी ले काफल’ सार्वजनिक



एक्सन स्टार विराज भट्ट र मिस नेपाल २०१७ निकिता चण्डकको मुख्य भूमिका रहेको फिल्म ‘साङ्लो’को पहिलो गीत ‘चरी ले काफल’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मिलन अमात्यको स्वर रहेको सार्वजनिक गीतमा राजनराजकै शब्द संगीत रहेको छ । विराज संगै निकिता फिचर्ड गीतको भिडियो कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको हो ।

विराज भट्टकै डेब्यु निर्देशन रहेको फिल्ममा विराज र निकितासंगै जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय सङ्ग्रौला, अमित गिरी, शिशिर भण्डारी लगायतको अभिनय रहेको छ ।

दुबैको डेब्यू फिल्म हो । निकिताले यसै फिल्मबाट पर्दामा डेब्यू गर्दा विराजले निर्देशनमा डेब्यू गरेका छन् । एक्सन लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा अर्जुन जिसीको सम्पादन, मानकृष्ण महर्जनको छायाँकन रहेको छ भने फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्म आगामी माघ २४ गते देखि सार्वजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal