‘माया पिरिम’ ट्रेलर सार्वजनिक



फिल्म ‘माया पिरिम’को ट्रेलर सार्वजनिक भएको छ । सलोन बस्नेत, अञ्जली अधिकारी, कोशिश क्षेत्री, अनुपमा भण्डारी लगायतको मुख्य अभिनय रहेको फिल्म मङ्सिर २० गते देखि प्रदर्शनमा आउँदै छ । ट्राजिक लभ स्टोरी र कमेडी मिसिएको सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् ।

प्रविन थापा र सबिन अधिकारीको निर्माण रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा सागर बस्नेत र कोषराज दाहाल रहेका छन् भने सह-निर्मातामा मोहन मरासिनी र युवराज दाहाल रहेका छन् । सविन कार्कीको लेखन रहेको फिल्ममा निरज कंडेलको छायांकन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, कोशिष क्षेत्रीको संगीत रहेको छ । टेक पौरखी राईको निर्देशन रहेको फिल्ममा किरण चन्द, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, बिशाल पहाडी, रमण राई लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal