बसन्त थापा र अनिता चलाउनेको ‘विदेशको पी आर छ’ (भिडियो)



गायक बसन्त थापा र गायिका अनिता चलाउनेको स्वर रहेको गीत ‘विदेशको पी आर छ’को भिडियो सार्वजनिक भएको छ । प्रल्हाद सुवेदीको शब्द रहेको सार्वजनिक गीतमा संगीत बसन्त थापाको नै रहेको छ भने संगीत संयोजन आशिष अबिरलले गरेका हुन् ।

गीतको भिडियोमा मोडल तथा गायक दुर्गेश थापा र सोनिका रोकाया सँगै कलाकार राजाराम पौडेल फिचर्ड छन् । बब्बु थापाको निर्देशनमा बनेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी अजय रेग्मीको छायांकन र प्रविण भट्टको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal