सपनको ‘लै बरी लै’ गीतको भिडियोमा हट सम्पदा र सुष्मा



गायक सपन श्रेष्ठको स्वर रहेको गीत ‘लै बरी लै’को भिडियो सार्वजनिक भएको छ । गीतमा सपनसंग प्रिन्स राज फिचर्ड छन् । बृजेश श्रेष्ठको शब्द संगीत तथा संगीत संयोजन रहेको उक्त गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

दिप्सन डंगोलको छायांकन रहेको भिडियोमा नरेश बिर सिंहको कोरियोग्राफी रहेको छ भने भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । भिडियोकि निर्माता अञ्जना श्रेष्ठ हुन् ।

सार्वजनिक गीतको भिडियो निकै आकर्षक बनाइएको छ । डान्सिङ फ्लेवरको गीतको भिडियोमा तनुजा गुरुङ, सुष्मा अधिकारी, काश्य अधिकारी, सम्पदा बानिया र स्वीकृती प्याकुरेललाई फिचर गरिएको छ जसमा उनीहरुको हट नृत्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal