‘यो हावा किन चल्छ’ गीतमा रोमान्टिक यशराज र रिचा



फिल्म ‘लभ यु हमेशा’को नयाँ गीत ‘यो हावा किन चल्छ’ सार्वजनिक भएको छ । मेलिना राई र सुदिर राईको स्वर रहेको सार्वजनिक गीतमा भासुको शब्द तथा संगीत रहेको छ । फिलिपिन्सको मनोरम ठाउँहरुमा छायांकन गरिएको उक्त रोमान्टिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार यशराज गराज र नायिका रिचा थापा फिचर्ड छन् । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म नेपालमा भने मंसिर १३ गते देखि प्रदर्शनमा आउनेछ । भास्कर प्रधानको निर्देशन तथा यवन गुरुङको निर्माणमा बनेको फिल्ममा निर्देशक प्रधानकै लेखन रहेको छ । फिल्ममा यशराज र रिचा संगै फिजा योञ्जन, गोपाल ढकाल (छन्दे), शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको छायाँकार शिब ढकाल हुन् । मिलन गुरुङ सह-निर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal