कमेडी भित्रको पिडा बोल्ने ‘सेल्फी किङ्’ पोस्टर



पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा फरक फरक भूमिका र प्रस्तुती पस्कँदै आएका अभिनेता विपिन कार्कीको पछिल्लो फिल्म ‘सेल्फी किङ’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा मैलिएको सेतो सर्ट माथि जिनको ज्याकेट र नमिलेको टाई लागाएका विपिनलाई अर्ध तालु र चिट्टिक्क मिलाएर लगाइएको गाजलमा मिलेको जुङ्गा संगै बोके दारीमा देखाइएको छ । यो हेर्दा जो कोहीलाई फिल्म कमेडी जनारामा निर्माण भएको बुझ्न गाह्रो पर्दैन । पोस्टरमा अर्को एक चिजलाई पनि महत्वका साथ् प्रस्तुत गरिएको छ जसमा धेरैको आँखा नजान सक्छ । उनले आँखामा लगाएको गाजल आँसुले बगाएको पोस्टरमा देख्न सकिन्छ । त्यो हेर्दा फिल्ममा कमेडी भित्रको पिडाको कथा समेटिएको अनुमान लगाउन सकिन्छ ।

पिक्चर फ्रेमको ब्यानरमा विशाल सापकोटाको निर्देशन रहेको फिल्ममा एक कलाकारले आफ्नो कला यात्राको दौरान पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथालाई प्रस्तुत गरिएको छ ।

सुभाष थापा र दिनेश राउतको निर्माण रहेको फिल्ममा विपिन संगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा निर्देशक सापकोटाकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी रहेको छ । फिल्म माघ २४ गते देखि प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal