‘चपली हाइट ३’ शुभमुहुर्त



फिल्म ‘चपली हाइट ३’को शुभमुहुर्त गरिएको छ । कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । अर्जुन कुमारको निर्माणमा बन्न लागेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।

फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमको साथमा नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ । फिल्म सस्पेन्स थ्रीलर कथामा आधारित रहनेछ ।

फिल्म अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त लगानीमा निर्माण हुन लागेको हो । फिल्मको छायांकन मंसिर ५ गतेबाट सुरु हुने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal