‘दि कर्मा’ प्रदर्शन मिती संगै फर्स्ट लुक पोस्टर सार्वजनिक



फिल्म ‘दि कर्मा’को प्रदर्शन मिति संगै फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । नीता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित संगै भारतीय मोडेल करन बर्माको अभिनय रहेको फिल्मको सार्वजनिक पोस्टर एक्सन अवतारको छ । पोस्टरमा कलाकारहरुको एङ्ग्री लुक्स देखाइएको छ । सार्वजनिक पोस्टरले फिल्म एक्सन प्रधान रहेको झल्को दिन्छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् भने फिल्ममा जयराज राय संगै श्रीदेव बीएल र निशा खतिवडाको लगानी रहेको छ । फिल्ममा सह- निर्माताको रुपमा शारदा खड्का रहेका छन् । फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित रहेको छ । जयराजको लेखन, सुशिल पोखरेलको पटकथा तथा संवाद रहेको फिल्म माघ १७ गते देखि सार्वजनिक प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal