फिल्म ‘माछा माछा’को ‘म्याडम म्याडम’ गीत सार्वजनिक



फिल्म माछा माछाको ‘म्याडम म्याडम’ बोलको आइटम गीत सार्वजनिक भएको छ । नायिका सृष्ठी श्रेष्ठ र सौगात मल्ललाई मुख्य रुपमा फिचर गरिएको उक्त गीतमा फिल्मका कलाकारहरु विजय बराल, भोला राज सापकोटा लगायत समेत देखिएका छन् । सार्वजनिक गीतमा अनुपम शर्माको संगीत तथा स्वर रहेको छ ।

‘माछा माछा’ मा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने छायांकन शिवराम श्रेष्ठको रहेको छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मका सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की रहेका छन् ।

फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी रहेको छ । अभिनेत्री सृष्टि श्रेष्ठको विशेष भूमिका रहेको फिल्म मङ्सिर २० गते देखि सार्वजनिक प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal