गायक उद्धव कार्कीको ‘जुटौं भो नछुटौं’ (भिडियो)



गायक उद्धव कार्की र गायिका पार्वती कार्कीको स्वरमा रहेको मौलिक दोहोरि गीत ‘जुटौं भो नछुटौं’ सार्वजनिक भएको छ । शिवपुरी म्युजिकको ब्यानरमा निर्माण भएको गीतको भिडियोलाई प्रोसिस तिमल्सिनाले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा गायक कार्की संगै चर्चित मोडल अनु पराजुली, पूर्ण प्रसाद ढुंगाना तथा बाल कलाकार हृदम सुबेदी र प्रितिका पौडेल लगायतको अभिनय रहेको छ । क्यानाडा निबासी मुरारी अधिकारीको शब्द रचना रहेको गीतलाई गायक कार्कीले नै संगीत गरेका हुन् । गीतको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal